‘बाँच्नलाई देश छोड्नुपर्ने’ : ट्यालेन्ट कनेक्ट संस्थापकको गुनासो

featured
service
Share

Share This Post

or copy the link

काठमाडौँ —  हालै सामाजिक सञ्जाल प्रतिबन्धका कारण नेपाली स्टार्टअप ट्यालेन्ट कनेक्ट गम्भीर समस्यामा परेको छ। करिब ३.५ करोड रुपैयाँ लगानी जुटाएर अघि बढिरहेको यो कम्पनी मुख्यत: लिङ्क्डइनमा आधारित भएकाले उक्त प्लेटफर्म बन्द भएपछि यसको व्यवसाय लगभग रोकिएको छ।

कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक दिवश थापाका अनुसार, प्रतिबन्धकै कारण अनबोर्डिङ प्रक्रियामा रहेका धेरै क्लाइन्टसँगका सम्झौता स्थगित भएका छन्। गोल्यान, एमएडब्लु जस्ता ठूला कम्पनीहरूसँग हायरिङसम्बन्धी काम गर्न अन्तिम तयारी भइरहेको भए पनि लिङ्क्डइन बन्द भएपछि सबै प्रक्रिया रोकिएको उनले बताए।

थापाले भने, “हामी योजना अनुसार अघि बढिरहेका थियौँ, तर सरकारले सूचना र छलफल बिना निर्णय गर्दा व्यवसाय नै धराशायी हुने स्थितिमा पुगेका छौँ।” उनका अनुसार, अझै केही दिनमै प्रतिबन्ध नहट्ने हो भने कम्पनीलाई भारत सार्नेबारे आन्तरिक छलफल भइरहेको छ।

शार्क ट्याङ्क नेपाल मार्फत ऋतुसिंह वैद्यले सो कम्पनीमा ३.५ करोड रुपैयाँ लगानी गरेकी थिइन्। हालको अवस्थाले लगानीकर्तामा समेत चिन्ता बढाएको छ।

करिब एक दर्जन कर्मचारीलाई रोजगारी दिइरहेको ट्यालेन्ट कनेक्ट ले नेपालमै काम गर्न नसक्ने भएपछि भारतबाट अन्य देशमा विस्तार गर्ने सम्भावनाबारे अध्ययन गरिरहेको छ। थापाले भने, “भारतमा इन्टरनेट स्वतन्त्र रूपमा चल्छ, त्यसैले हाम्रो व्यवसाय निरन्तरता दिन त्यहाँबाट सञ्चालन गर्न सकिन्छ।”

उनले सरकारको कदम डिजिटल नेपाल अभियानकै विपरीत रहेको भन्दै असन्तुष्टि व्यक्त गरे। “सामान्य व्यवसायदेखि आम नागरिकसम्म प्रभावित पार्ने गरी एकतर्फी निर्णय गरियो। अब हामी जस्ता स्टार्टअपलाई बाँच्न नै देश छोड्नुपर्ने बाध्यता आएको छ,” थापाले टिप्पणी गरे।

#ebrittanta #ebrittantanews 

‘बाँच्नलाई देश छोड्नुपर्ने’ : ट्यालेन्ट कनेक्ट संस्थापकको गुनासो
You can subscribe to our newsletter completely free of charge. Don't miss the opportunity and start your free e-mail subscription now to be informed about the latest news.

Install App

By installing our application, you can access our content faster and easier.

Log In

Log in or create an account to take advantage of वृत्तान्त benefits, completely free!

Follow Us