काठमाडौं, २७ भदौ – प्रधानमन्त्री सुशीला कार्कीको सपथ ग्रहण समारोहमा पूर्वप्रधानमन्त्रीमध्ये केवल बाबुराम भट्टराई मात्रै उपस्थित भएका छन्। अन्य पूर्वप्रधानमन्त्रीहरूको उपस्थिति देखिएन। विगतमा यस्ता अवसरमा पूर्वप्रधानमन्त्री, मन्त्री र उच्च पदस्थ अधिकारीहरूको उपस्थिति सामान्य हुन्थ्यो।
सामान्यतया निवर्तमान प्रधानमन्त्रीले शपथ ग्रहण समारोहमा आफ्नो कुर्सी हस्तान्तरण गर्ने परम्परा थियो, तर यसपटक त्यस्तो दृश्य देखिएको छैन। राजनीतिक दलका नेताहरू पनि समारोहमा उपस्थित भएनन्।
समारोहमा रास्वपा नेतृ सुमना श्रेष्ठ उपस्थित थिइन्। उनी जेन–जेड युवाहरूको साथमा प्रधानमन्त्री कार्कीसँग खुशी मनाउँदै हात उठाएर स्वागत गरिन्। सुमना श्रेष्ठ र प्रधानमन्त्री कार्कीले अङ्गालो साटासाट गर्दै एकअर्कालाई बधाई दिएका थिए।
#ebrittanta #SushilaKarki