एक दिव्य झाँकीका लागि उडानहरू रोक्ने भारतीय विमानस्थल l

एक दिव्य झाँकीका लागि उडानहरू रोक्ने भारतीय विमानस्थल l
service
Share

Share This Post

or copy the link

एप्रिल महिनाको तातो दिउँसो केही घण्टाका लागि जेटहरू रोकिए र केरलाको राजधानी तिरुवनन्तपुरमस्थित अन्तर्राष्ट्रिय विमानस्थलमाथि फेरि शान्ति छायो।

 

विमानस्थल बन्द हुनुको कारण खराब मौसम वा प्राविधिक समस्या थिएन, जुन सामान्यतया मानिन्छ, तर एउटा हिन्दू मन्दिरको झाँकीको मार्ग खुला गराउनका लागि थियो, जुन विमानस्थलको रनवे हुँदै अगाडि बढ्छ।

 

भक्तजनहरूले सुसज्जित काठका रथहरूमा मन्दिरका मूर्तिहरू राखेर करिब २ किलोमिटर (१.२ माइल) लामो रनवे हुँदै तान्दै लैजान्छन् l यस्तो सम्मानित परम्परा जसका कारण दैनिक करिब ९० अवतरण र उडान सम्हाल्ने यो विमानस्थल केही घण्टाका लागि बन्द गरिन्छ। भारतमा धार्मिक कार्यक्रममा सामान्य रूपमा देखिने हात्तीहरू पनि रनवेमा हिँड्ने गर्छन्।

 

यो कार्यक्रम गएको शुक्रबार सम्पन्न भएको हो, जुन प्रसिद्ध श्री पद्मनाभ स्वामी मन्दिरद्वारा आयोजना गरिने वार्षिक पैन्कुनी पर्वको एक हिस्सा हो। यो मन्दिरमा अर्बौं रुपैयाँ बराबरको सम्पत्ति रहेको विश्वास गरिन्छ।

एक दिव्य झाँकीका लागि उडानहरू रोक्ने भारतीय विमानस्थल l
You can subscribe to our newsletter completely free of charge. Don't miss the opportunity and start your free e-mail subscription now to be informed about the latest news.

Install App

By installing our application, you can access our content faster and easier.

Log In

Log in or create an account to take advantage of वृत्तान्त benefits, completely free!

Follow Us