काठमाडौँ, भदौ २४ —
हिजो (सेप्टेम्बर ८) राजधानीमा “GenZ आन्दोलन” का युवाहरूले गरेको भ्रष्ट्राचार विरोधी तथा सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको नाराबाजीसहितको जुलुस ठूलो भडकिलो घटनामा परिणत भएको छ। आन्दोलन क्रममा प्रहरीले बल प्रयोग गर्दा झडप चर्किएको थियो। सोही क्रममा दर्जनौँ ठाउँमा तोडफोड र आगजनी समेत भएको प्रत्यक्षदर्शीले बताएका छन्।
उक्त घटनामा थुप्रै युवाको ज्यान गएको पुष्टि भएको छ। प्रारम्भिक तथ्याङ्क अनुसार कम्तीमा दर्जनौँ युवाको मृत्यु भएको छ भने करिब १०० जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन्।
त्यसैबीच, विदेशमा बस्दै आएका युवा समिर कार्कीले सामाजिक सञ्जाल TikTok मार्फत आवेगपूर्ण अपिल गर्दै आन्दोलनमा सहभागीलाई आह्वान गरेका छन्। उनले “आजको आन्दोलनमा जसले नेतामध्ये कसैलाई मार्छ, त्यसलाई १० लाख रुपैयाँ पुरस्कार दिनेछु” भनी टिकटक मा लेखेका छन्। हिजो को घटनाले सम्पूर्ण , युबा पुस्ता लगायत सम्पूर्ण नेपालि आवेग मा छन् र सम्पूर्ण नागरिक लाई दुखि तुलाएको छ। ताकि आज कर्फ्यु लगाईएको छ।
#ebrittanta #ebrittantanews