शिक्षामा चरम अराजकता: सांसद डाँगीको सरकारप्रति तीव्र आलोचना

पछिल्लो समय शिक्षा क्षेत्रमै चरम अस्तव्यस्तता देखिएको छ। - निशा डाँगी
निशा डाँगी - पछिल्लो समय शिक्षा क्षेत्रमै चरम अस्तव्यस्तता देखिएको छ।
service
Share

Share This Post

or copy the link

काठमाण्डौ –  छिल्लो समय शिक्षा क्षेत्रमै चरम अस्तव्यस्तता देखिएको छ। रास्वपाका सांसद निशा डाँगीले यसबारे खुलेरै सरकारमाथि प्रश्न उठाएकी छन्। सामाजिक सञ्जालमार्फत उनले वर्तमान दुईतिहाइको सरकारलाई शिक्षा प्रणाली बिगार्ने मुख्य कारणको रूपमा औंल्याएकी छन्।

उनको भनाइमा, संसदको समिति तहमै शिक्षा सम्बन्धी विधेयकहरू अलपत्र परेका छन्, शिक्षकमात्र होइन, विद्यार्थी पनि अन्योलमा परेका छन्। कक्षा १२ को परीक्षा समयमै हुने नहुन निश्चित छैन, एसईईको नतिजा कहिले आउँछ भन्ने टुंगो छैन।

विद्यालयहरूमा न शिक्षकको उपस्थिति पक्का छ, न त विद्यार्थी नियमित छन्। यस्तो बेलामा उनले रास्वपाले विगतमा शिक्षा मन्त्रालय सम्हाल्दा नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै सबैलाई पाठ्यपुस्तक पुर्‍याउने व्यवस्था मिलाएको उदाहरण दिँदै अहिलेको सरकारको पूर्ण असक्षमता औंल्याएकी हुन्।

‘यो सरकारको लापरबाहीले शिक्षामा अराजकता छाएको छ,’ भनेर डाँगीले लेखेकी छन्, ‘शैक्षिक सत्र सुरु गर्न पनि नसक्नु सरकारको दुर्बलताको पराकाष्ठा हो।’

शिक्षा जस्तो संवेदनशील क्षेत्रप्रति सरकारको यो बेवास्तापूर्ण रवैयाले देशको भविष्य नै अन्योलमा परेको उनको स्पष्ट संकेत छ।

शिक्षामा चरम अराजकता: सांसद डाँगीको सरकारप्रति तीव्र आलोचना
You can subscribe to our newsletter completely free of charge. Don't miss the opportunity and start your free e-mail subscription now to be informed about the latest news.

Install App

By installing our application, you can access our content faster and easier.

Log In

Log in or create an account to take advantage of वृत्तान्त benefits, completely free!

Follow Us