काठमाडौं — लोकप्रिय गायक सुसान्त केसी र गायिका इन्द्रकला राईको युगल प्रस्तुति रहेको गीत “बार्दली” ले राष्ट्रिय संगीत पुरस्कार २०८१ मा पिपुल्स च्वाइस अवार्ड प्राप्त गरेको छ।
श्रोतामाझ अत्यन्त रुचाइएको यस गीतले भाव, संगीत र प्रस्तुतीकरणका दृष्टिले उल्लेखनीय लोकप्रियता पाएको थियो। गीतको भिजुअल, शब्द चयन र गायन शैलीले आम श्रोताको मन जित्न सफल भएकोले यो सम्मानप्रति धेरैले समर्थन जनाएका छन्।
“बर्दली” गीतले सामाजिक सञ्जालदेखि स्टेज कार्यक्रमसम्म व्यापक चर्चा पाएको थियो। पिपुल्स च्वाइस अवार्ड आम दर्शक तथा श्रोताले मन पराएको उत्कृष्ट गीतलाई प्रदान गरिने विशेष सम्मान हो।