“क्रिकेटको भगवान्” को सफलताको पछाडि अंजलीको समर्पण

featured
service
Share

Share This Post

or copy the link

मुम्बई — तेंदुलकर, क्रिकेटको संसारमा एक यस्तो नाम हो, जसले करोडौं दिलमा विश्वास र प्रेरणा बोकेको छ। तर यो सफलता केवसचिन ल मैदानमा बनाइएको रनहरूमा मात्र सीमित थिएन — उनको जीवनको वास्तविक बलियो आधार भनेको हो उनको परिवार।

सचिनकी पत्नी अंजली तेंदुलकर, पेशाले डाक्टर थिइन्। तर सचिनको करिअर र परिवारलाई प्राथमिकता दिँदै उनले चिकित्सकको करियर त्यागिन्। जब सचिन मैदानमा देशको लागि लडिरहेका हुन्थे, अंजली घरमा सारा र अर्जुनलाई सम्हाल्ने कप्तान थिइन्। उनी सधैं परछायाँ जस्तै सचिनको साथमा रहिन् — नदेखिने तर अतुलनीय।

सचिनका छोरा अर्जुन तेंदुलकर अहिले भारतको युवा क्रिकेट प्रतिभाका रूपमा उदाउँदै छन्। तर अर्जुनका लागि यो यात्रा सजिलो थिएन। “तेंदुलकर” थर बोकेर खेल्ने चाप अत्यधिक थियो — आलोचना पनि। तर उनले स्वतन्त्र पहिचान बनाउन गाह्रो परिश्रम गरिरहेका छन्। अहिले अर्जुनले आईपीएलमा मुम्बई इन्डियन्सबाट आफ्नो प्रतिभा देखाउँदै छन्, जसले देखाउँछ — उनी सचिनका छोरा मात्र होइनन्, आफ्नै नामका हकदार पनि हुन्।

सचिनकी छोरी सारा तेंदुलकर फेशन, शिक्षा र व्यवहारमा सधैं चर्चामा रहिएकी छिन्। सामाजिक सञ्जालमा उनको उपस्थितिले बताउँछ कि उनी कम बोल्ने तर धेरै प्रभावित गर्ने व्यक्ति हुन्। विदेशमा अध्ययन गरी फर्केकी सारा अहिले मिडिया र फ्यानहरूमाझ एक सकारात्मक छवि बनाउँदैछिन्।

सचिन तेंदुलकर क्रिकेटमा जति चम्किए, घरभित्र पनि त्यत्तिकै सरल र पारिवारिक व्यक्ति हुन्। उनले सधैं भनेका छन्, “म मेरो सबैभन्दा ठूलो उपलब्धि मैदानमा होइन, परिवारसँग बिताएका क्षणहरूमा देख्छु।”

“क्रिकेटको भगवान्” को सफलताको पछाडि अंजलीको समर्पण
You can subscribe to our newsletter completely free of charge. Don't miss the opportunity and start your free e-mail subscription now to be informed about the latest news.

Install App

By installing our application, you can access our content faster and easier.

Log In

Log in or create an account to take advantage of वृत्तान्त benefits, completely free!

Follow Us